डा. केसीको गिरफ्तारी कानूनको नाममा ज्यादतीः नारायणकाजी

0

२५ पुस, काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको गिरफ्तारी कानूनको नाममा गरिएको ज्यादती भएको बताएका छन् ।

अदालतको अवहेलना मुद्दामा डा. केसी पक्राउ परेका छन् । र, उनलाई अहिले सर्वोच्च अदलात उपस्थित गराइएको छ ।

माअेावादी नेता श्रेष्ठले भने अदालत भगवान नभएको भन्दै मानहानीलाई सत्याग्रहीबिरुद्ध हतियार बनाउनु गलत भएको बताएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘डा. गोविन्द केसीको रातारात गिरफ्तारी कानूनको नाममा गरिएको ज्यादती हो । अदालतको मानहानीलाई सत्याग्रहीबिरुद्ध हतियार बनाइनु नितान्त गलत छ । फेरि दोहोर्‍याएर भन्छु, अदालत ‘भगवान’ होइन । राज्यको पुनसंरचना गर्दा न्यायालयलाई भने यथावत राखियो । त्यसको पनि परिणाम हो यो । सम्बन्धित सबैले बुझुन् ।’

डा•गोविन्द केसीको रातारात गिरफ्तारी कानुनको नाममा गरिएको ज्यादति हो।”अदालतको मानहानि”लाई सत्याग्रही बिरुद्ध हतियार बनाईनु नितान्त गलत छ।फेरि दोहोर्याएर भन्छु,अदालत”भगवान”होइन। राज्यको पुनसंरचना गर्दा न्यायालयलाई भने यथावत राखियो।त्यसको पनि परिणाम हो यो।सम्बन्धित सबैले बुझुन् ।

Share.

Leave A Reply