ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

0

सिरहा, जेठ ११– सिरहाको गोलबाजर नगरपालिका–४ मा भएको ट्रयाक्टर दुर्घटनामा बिहीबार एक किशोरीको ज्यान गएको छ । स १ त ४९३४ नम्बरको ट्रयाक्टर पल्टिदा पैदल यात्री गोलबजार नगरपालिका–७ की १३ वर्षिया रागिनी ठाकुरको ज्यान गएको हो ।

ट्रयाक्टर पल्टिदा घाइते हुनुभएकी ठाकुर उपचार गराउन लैजाँदै गर्दा ज्यान गएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायले जानकारी दिनुभयो ।

Share.

Leave A Reply