ट्रम्प र पुटिनबिच पहिलो पटक प्रत्यक्ष भेटवार्ता

0

असार २४ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच गएको नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा रुसी ह्याकिङको आरोप सम्बन्धमा वार्ता गरेका छन् । ट्रम्प र पुटिनबिच राष्ट्रपति बनेपछि पहिलो पटक भएको भेटमा यस विषयमा छलफल भएको हो । ट्रम्प र पुटिनबिच जी–ट्वेन्टी सम्मेलनको क्रममा भेट भएको हो । ट्रम्प र पुटिनबिचको वार्ता निकै मजबुद रहेको अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले बताउनुभयो । वार्ताको क्रममा पुटिनले रुसले अमेरिकी चुनावमा प्रभाव पार्ने खालको कुनै गतिविधि नगरेको बताउनुभएको र ट्रम्प त्यसमा विश्वस्त बनेको रुसी विदेश मन्त्री सर्गेइ लाभलोभले बताउनुभयो । तर कुनै निकर्षमा भने पुगि नसकेको अमेरिकी विदेश मन्त्री टिल्लर्सनको भनाई छ । झण्डै दुई घण्टा १५ मिनेट लामो भेटवार्ताको क्रममा सिरिया युद्ध, आतंकवाद तथा साइबर सुरक्षाका विषयमा कुराकानी भएको अमेरिकी अधिकारीले बताएका छन् । रुसमाथि अमेरिकी राष्ट्रपतीय चुनावमा ट्रम्पलाई जिताउने गरी प्रभाव पारेको आरोप लाग्दै आएको छ । रुस र ट्रम्पले यो आरोप अस्वीकार गर्दै आउनुभएको छ । तर अमेरिकी गुप्तचर नियकाले भने यस विषयमा केही प्रमाण फेला परेको र आफूहरुले यसमा अनुसन्धान गरिरहेको बताउने गरेका छन् ।

Share.

Leave A Reply