ट्रकले किच्दा सडक सफा गरिरहेका २ मजदुरको ज्यान गयो

0

सिद्धराज राई/उज्यालो ।

धनकुटा, फागुन २९ – ब्रेक फेल भएको ट्रकले किच्दा धनकुटामा दुई जना मजदुरको मृत्यु भएको छ । धरानबाट स्काभेटर बोकेर धनकुटातर्फ आउँदै गरेको ना ५ ख १९३६ नम्बरको ट्रक साँगुरीगढी गाउँपालिका – ९ कोशी राजमार्गको घण्टेमा ब्रेकफेल भई सडक सफागर्दै गरेका २ मजदुरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट उनीहरुको घटनास्थलमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताउनुभयो । मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका–७ का रामजित राई र  वीरबहादुर राई रहेका छन् ।

त्यस्तै दुर्घटनामा परेर अन्य चार जना घाईते भएका छन् । घाईते हुनेमा ट्रकचालक रामेछाप जिल्ला मन्थली नगरपालिका – ७ का देवकुमार लामा, सहचालक मकवानपूरका सनम तामाङ्, स्काभेटर लिएर आएका बाग्मती नगरपालिका सर्लाहीका राजेश घिमिरे र घादिङ जिल्ला घर भएका रमेश भण्डारी रहेको प्रहरी प्रमुख खड्काले बताउनुभयो । दुर्घटनामा परेर घाईते भएकाहरुलाई  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply