ट्रकको ठक्करले भक्तपुरमा पैदलयात्रीको ज्यान गयो

0

भक्तपुर, माघ २४ – भक्तपुरमा बुधबार बिहान भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

बिहान ५ बजे मध्यपुरथिमि नगरपालिका ४ चारदोबाटोमा काठमाडौंबाट भक्तपुरतर्फ आउदै गरेको बा २ क ८००६ नम्बरको मिनीट्रकले बाटो काट्दै गरेको पैदल यात्रुलाई ठक्कर दिँदा ज्यान गएको हो ।

ठक्करबाट घाइते भएका मध्यपुरथिमि नगरपालिका –५, दुईपोखरी बस्ने ६६ वर्षीय जगतकुमार श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारकै क्रममा ज्यान गएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

प्रहरीले मिनीट्रक र चालक जिल्ला काभ्रे सिसाखानी घर भई हाल सूर्यविनायक नगरपालिका ८ जगाती बस्ने वर्ष २९ को प्रेम हादुुर मोक्तानलाई नियन्त्रणमा लिई प्रहरी वृत ठिमीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Share.

Leave A Reply