टि–ट्वान्टीमा हिमालय युवा क्लव बी विजयी

0

धनुषा, जेष्ठ २९ ।

धनुषाको मिथिला नगरपालिका–२ स्थित नक्टाझिजमा जारी खुल्ला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा हिमालय युवा क्लव नक्टाझिज बी र सखुवा धनुषा टिम बिच प्रतिस्पर्धा भएको छ ।
टस जितेर पहिलो ब्याटिंग गरेको सखुवा टिमले १३ ओभरमा सबै विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो । आयोजक हिमालय युव क्लव नक्टाझिज बी ले १४ ओभरमा ८ विकेट गुमाउँदै १ सय ४ रन बनायो । २ बिकेटले आयोजक
हिमालय युव क्लव नक्टाझिजको जीत भयो । यसै जीतले आयोजक हिमालय युव क्लव नक्टाझिज बी सेमीफइनमा पुग्यो । ५ बिकेट लिएको हिमालय युव क्लव नक्टाझिज को बलर रोशन महतुोलाई म्यान अफ दी म्याच प्रदान गरियो ।
यसैबीच भोली मंगलाबर हुने खेलमा जितमाहन मिर्चैया सिरहा र श्री राम कलेज जनकपुर टिम बीच प्रतिस्पर्धा हुनेछ ।

Share.

Leave A Reply