जुम्लामा मतगणना सुरु, चन्दननाथमा कांग्रेस अगाडि

0

जुम्ला, १ जेठ ।

जिल्लाको चन्दननाथ नगरपालिका, पातारासी, हिमा, कनकासुन्दरी गाउँपालिकामा मतगणना सुरु भएको छ । चन्दननाथ नगरपालिकाको एक वडाबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए । पहिलो चरणमा ११२ मतगणना भएको छ, जसमा नेपाली कांग्रेस प्रमुखका उम्मेदवार कान्तिका सेजुवालले ६६, उपप्रमुख जगतबहादुर खत्रीले ५३ मत पाएका छन् ।

माओवादी केन्द्रका प्रमुखका उम्मेदवार अशोक श्रेष्ठले २८ र उपप्रमुख अप्सरा ज्यौपानेले ३० मत र नेकपा एमाले प्रमुखका उम्मेदवार शान्तिलाल महतले १०, उपप्रमुख मेनका रेग्मी चौलागाईंले ८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए ।

गणना भएको मतमा दुई मत बदर भएको छ ।

जिल्लाका तीन गाउँपालिकाको मतपरिणाम सञ्चार सम्पर्क हुन् नसकेको थाहा भएको छैन । तिला, गोठीचौर, सिङ्जा र तातोपानी गाउँपालिकामा भने अहिले बिहानबाट मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । रासस

Share.

Leave A Reply