जिल्ला शिक्षा अधिकारी ७० हजार घुससहित पक्राउ

0

पर्सा, जेठ ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका जिल्ला शिक्षा अधिकारी र प्राविधिकलाई घुस रकमसहित पक्राउ गरेको छ । पकाहा मैनपुरको विद्यालय निर्माणको निकासा गर्ने क्रममा ७० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

पर्साको पकाहा मैनपुर गाउँपालिकाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको तीन कोठे भवनको बिल फर्सौट गर्दा जिल्ला शिक्षा अधिकारी केदार तिवारीले ५० हजार रुपैयाँ र प्राविधिक नवलकिशोर देवले २० हजार रुपैयाँ घुस लिएको थाहा पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Share.

Leave A Reply