जानकी मन्दिर छेउको मरहा पोखरी सौन्दर्यकरणको नाममा ब्रह्मलुट

0

जनकपुरधाम, वैशाख

जनकपुरधामको ऐतिहासिक, पौराणिक तथा धार्मिक तलाउको सौन्दर्यकरण एवं संरक्षणको नाममा सम्बन्धित निकायले ब्रह्मलुट मचाउन खोजिरहेको छ ।

जानकी मन्दिरको उत्तरी डिलमा रहेको तेलहा र मड़Þहा तलाउको सौन्दर्यकरणको नाममा डिभिजन कार्यालय धनुषा र ठेकेदार कम्पनी कमल÷सुगम जे.भी.को मिलिभगतमा जनकपुरधामको ऐतिहासिक अस्तित्व नै संकटमा पार्ने मनसायले हतारको मानसिकतामा पहिचान नै मेटाउन खोजेको आरोप स्थानीयवासीको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गको शहरी विकास तथा भवन निर्माण विभागले धार्मिक तथा पर्यटकीय नगरी जनकपुर स्थित तेलहा र मड़Þहा तलाउको सौन्दर्यकरणको नाममा डिभिजन कार्यालय धनुषा र ठेकेदारको मिलिभगतमा करोडौको रकम हजम गर्ने दाउमा रहेको भन्दै स्थानीय यूवाहरुले विरोध गरेका छन् ।

शुक्रबार विहान ठेका लिएको कम्पनी कमल÷सुगम जे.भी. जनकपुर ९ ले तेलहा र मड़Þहा तलाउको सौन्दर्यकरणको लागि पूर्वाधारको तयारी नै नगरी तलाउको क्षेत्रफल भन्दा अधिक कम क्षेत्रफल भित्र नै निर्माण कार्य थालेपछि जानकी जलासय संबद्र्धन तथा संरक्षण समिति तथा जानकी यूवा क्लबको अगुवाईमा यूवाहरुले कार्य गर्न अवरोध गरेका हुन् ।

जानकी मन्दिरको उत्तर तर्फ रहेको मड़Þहा तलाउको सौन्दर्यकरणको लागि शहरी विकास मन्त्रालयले १ करोड ३७ लाख २९ हजार ४ सय ३७ रुपैया ४९ पैसा रकम छुट्याएको छ भने सोको निर्माण अवधी आर्थिक वर्ष २०७३ भदौँ २३ गतेमा सम्झौता तथा कार्यदेश भएको र सोको कार्य २०७४ फागुन २२ गते सम्पन्न गर्ने योजना सम्झौता अनुरुप ठेकेदार कम्पनीले सम्झौता भएको मितिले ६ महिना पछि कार्य थालेका छन् । तर तलाउको नक्सा अनुसार सार्वजनिक सूचनापाटीमा क्षेत्रफल नै स्पष्ट नगरी कार्य थालेको हुनाले तत्काल क्षेत्रफल स्पष्टको माँग गर्दै अवरोध गरेको जानकी यूवा क्लबका उपाध्यक्ष किसन मण्डलले जनाए ।

जनकपुरको सौन्दर्यकरणको नाममा सम्बन्धित कार्यालय र ठेकेदार कम्पनीको मिलिभगतमा स्थानीय जनता माझ भ्रम छरी हतार हतारमा कार्य थाली १० महिनामै करोडौको रकम हजम गर्ने चाहेको यूवा अभियन्ता सुशिल कर्णले बताए । उनले आसन्न स्थानीय निकायको निर्वाचनमा सौन्दर्यकरणको नाममा गलत दुरुपयोग गर्ने दाउमा रहेको हुनाले हामी यसको विरुद्धमा रहेको बताए ।

डिभिजन कार्यालय धनुषाको ईन्जिनियर महेश साहले मड़Þहा तलाउको अनुगमनको नाममा स्थानीयवासीलाई पहिले तलाउ सौन्दर्यकरणको लागि निर्माण भईरहेको घाट बनाउन देऊ, पछि क्षेत्रफलको किटानी अनुसार तलाउको अतिक्रमण हटाउने भन्दै आश्वासन पार्न खोजेको थियो । तर जानकी यूवा क्लबका महासचिव मोहन रौनियारले ईन्जिनीयर साहको मनसाय ठिक नरहेको हुनाले पहिला तलाउको क्षेत्रफल स्पष्ट गरी अतिक्रमण मुक्त बनाउनु पर्ने र सो अतिक्रमण मुक्त पछि सोको नक्सा स्पष्टरुपमा सूचना पाटी पूनः टाँग्नु पर्ने माँग हाम्रो रहेको बताए ।

त्यस्तै यूवा अगुवा दिपेन्द्र साहले सम्बन्धित निकायले तलाउको क्षेत्रफललाई अतिक्रमण मुक्त गर्नुको साटो ठेकेदारलाई प्रोत्साहन दिई भ्रष्टाचारलाई ईन्जिनीयर साहले बढावा दिई भ्रष्टचार गर्न खोजेको आरोप लगाए ।

यता मड़Þहा तलाउको सौन्दर्यकरणको नाममा विना नक्सा स्पष्ट नगरी ठेकेदार कम्पनीले कार्यालयको संरक्षणमा मनपरी गर्न खोजेको भन्दै स्थानीय यूवाहरु सुमित मिश्र, रंजित भगत, अविनास साह, रोशन यादव लगायतका दर्जनौँले निर्माण कार्यमा अवरोध खडा गरेको हो ।

त्यस्तै यस सम्बन्धि डिभिजन कार्यलय धनुषाले अनुगमन गरेको तर स्थानीय यूवाहरुले अवरोध गरेको कारण निर्माण कार्यमा बाधा उत्पन्न भएको बताउदैँ ईन्जिनीयर साहले छिट्टै नै कार्य सुरु हुने बताए ।

Share.

Leave A Reply