जाजरकोटमा भाइरलका कारण थप एकको मृत्यु

0

जाजरकोट, पुस २५ – जाजरकोटको जुनीचाँदे–३ मा भाइरलका कारण थप एक जनाको ज्यान गएको छ । मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–३ का ५८ वर्षीय लालबहादुर भण्डारीको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयका कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

भण्डारी तीन दिनदेखि बिरामी हुनुहुन्थ्यो । अहिले गाउँपालिकाका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचारसमेत जारी राखिएको खत्रीले बताउनुभयो ।

यससहित भाइरलबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । यहाँ बालबालिका र वृद्धलाई भाइरलले निकै सताएको छ । -रासस

Share.

Leave A Reply