जब राजेश खन्नाले श्रीदेवी र जया प्रदालाई एउटै कोठामा थुनिदिए…

0

फागुन १३ – अभितेत्री श्रीदेवी अब हामीबीच छैनन् । दुबईमा पारिवारिक वैवाहि समारोहमा सहभागी हुने क्रममा हृदयघातका कारण उनको दुखद निधन भयो ।

बलिउडमा पहिलो फिमेल सुपरस्टारका रुपमा उदाएकी श्रीदेवी आफ्नो नृत्य, अभिनय तथा चुलबुलेपनले गर्दा नै छुट्टै पहिचान स्थापित गर्न सफल भइन् । यसै खुबीका कारण उनले सन् २०१२ मा ‘इंग्लिश विंग्लिश’ मार्फत धमाकेदार रुपमा कमब्याक गरिन् । सफलताले सधैँ उनलाई साथ दियो ।

बलिउडमा सधैँ दुई समकालीन फिमेल सुपरस्टारका आपसी विवादका खबर सार्वजनिक भैरहेकै हुन्छ । सन् १९८० को दशकमा श्रीदेवी र जया प्रदाको बीचमा पनि यस्तै हुने गर्दथ्यो । दुवै अभिनेत्री आफ्नो समयका टप अभिनेत्री थिए । यस्तोमा प्रतिस्पर्धाको भावना आउनु त स्वभाविक नै हुन्छ ।

सार्वजनिक रुपमै पनि उनीहरु एक अर्काप्रति टिप्पणी गर्ने गर्थे । त्यसैले उनीहरुबीच त्यति बेला खासै सुमधुर सम्बन्ध नरहेको बताइन्छ । तर चलचित्र ‘मकसद’ को सुटिङको समयमा भएको घटना भने सुन्न लायक रहेको छ ।

सन् १९८४ मा रिलिज भएको यस चलचित्रको लिड रोलमा थिए श्रीदेवी र जया प्रदा । उनीहरुसँगै थिए राजेश खन्ना र जीतेन्द्र । सुटिङ धमाधम चलिरहेको थियो । एक दिन राजेश खन्ना र जीतेन्द्र मिलेर श्रीदेवी र जया प्रदालाई एउटा मेक रुपमा बन्द गरिदिए । सधैँको तिक्तता यस घटनाले मेटाउँछ भन्ने आशाले जीतेन्द्र र राजेशले बाहिरबाट ढोका लगाइदिएका थिए ।

तर जब दुई घण्टापछि ढोका खोलेर हेर्दा भित्रको दृश्य अलग्गै थियो । दुवै जना अलग–अलग कुनामा चुप लागेर बसेका थिए । जीतेन्द्र र राजेशको प्रयास सफल भएन । भनिन्छ चलचित्र ‘नगीना’ का लागि पहिले जया प्रदाको नाम चर्चामा थियो तर पछि श्रीदेवीलाई यसमा अभिनय गराइयो । त्यहीँबाट पनि यी दुई चर्चित अभिनेत्रीबीच तिक्तता आएको हुन सक्ने चलचित्र समीक्षक बताउँछन् ।

Share.

Leave A Reply