जनता आवास कार्यक्रमअन्तर्गत विपन्न परिवारलाई हजार पक्की घर बन्दै

0

४ जेठ, लहान । सिरहा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका दलित तथा अतिविपन्न परिवारका लागि एक हजार पक्की घर निर्माण गरिने भएको छ ।

सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत आव २०७३/७४ मा दलित तथा अतिविपन्न परिवारका लागि आवास भवन ९पक्की घर० निर्माण गरिने भएको हो ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, राजनीतिक दलका प्रतिनिधिलगायतको बुधबार सदरमुकामका बसेको बैठकले जनता आवास घर निर्माण नगरपालिका र गाउँपालिका तथा घर सङ्ख्या टुङ्ग्याएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय राजविराजका प्रमुख मिलन आचार्यले जानकारी दिए ।

उहाँका अनुसार बैठकले सिरहा क्षेत्र नम्बर १ अन्तर्गत लहान नगरपालिकाको वडा नम्बर ११ र १२ मा २४ वटा घर, वडा नम्बर १३ र १४ मा २५ वटा घर, वडा नम्बर १५ मा १२ वटा घर, वडा नम्बर १६ मा ११ वटा घर, वडा नम्बर १८ मा ३४ वटा घर र वडा नम्बर २० मा १७ वटा घर निर्माण गर्ने निर्णय गरेको छ ।

Share.

Leave A Reply