जनताले बाबुरामको हैसियत बुझ्ने समय पाएनन् : भट्टराई

0

१५ जेठ, गोरखा । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डां बाबुराम भट्टराइले स्थानीय तह निर्वाचनमा जनताले आˆनो हैसियत बुझिनसकेकाले अपेक्षित मत आउन नसकेको बताएका छन् ।

पार्टीको स्थापना कालको एक बर्ष पनि नपुग्दै चुनाव भएकाले जनताले आˆनो हैसियत बुझ्ने समय नपाएको उनले बताए ।

सोमबार गोरखा सदरमुकाममा पत्रकार सम्मलेन गर्दै भट्टराईले जनताबाट पुरै प्रतिफल प्राप्त गर्नै बेला भइनसकेको बताएका हुन् ।

संगठन बिस्तारको क्रममा रहेको भन्दै भट्टराईले चुनावमा आफूहरुले पाएको मत सम्मानजनक रहेको बताए ।

भोज भतेर र पैसामा भोट किनबेच भएको आरोप लगाउदै भट्टराईले लोभ लालच देखाएर भन्दा पनि जनताको मन जितेर मत ल्याउनुपर्नै बताएका छन् ।

फरक प्रसगँमा बोल्दै भट्टराईले चुनावमा अनावश्यक गठबन्धन भएको बताए ।

भट्टराईले तीन ठूला शीर्ष दलको सिण्डिकेट कायम रहेको भन्दै उनीहरुको मनोमानी हट्नपर्ने बताए ।

Share.

Leave A Reply