जनकपुरसंग भारतको जबरदस्त सम्बन्ध रहेको नेपालका लागि भारतीय राजदूत मञ्जीव सिँह पुरीको भनाई

0

बैशाख २८ गते ।
दिपेन्द्र सिंह जनकपुरधाम
नेपालका लागि भारतीय राजदूत मञ्जीव सिँह पुरीले जनकपुरको विकासका लागि भारत सदैब तयार रहेको बताउनु भएको छ । जनकपुरमा जारी रहेको विकास निर्माणको कार्यलाई द्रुत गतिमा बढाउनु पर्ने बताउदै उहाँले एक वर्ष भित्र जनकपुरमा रेल्वे सेवा संचालन हुने बताउनु भएको छ ।
रेल्वे सेवा संचालन भएपनि नेपाल भारतको व्यवसायीक विकास समेत हुने भएकाले छिटै यसको विकास हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । नेपाल भारत मैत्री युवा संघले आज जनकपुरमा आयोजना गरेको भारतीय राजदूत पुरीको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले जनकपुरको विकासका लागि जारी रहेको कामहरुलाई द्रुत गति दिन आफु साकारात्मक रहेको बताउदै यहाँको विकासका लागि भारत सरकारले गर्नुपर्ने कामहरुका बारेमा जानकारी गराउन आग्रह गर्नुभयो । भारतको जनकपुर संग जबरदस्त तथा अटुट सम्बनध रहेको बताउदै उहाँले यहाँको विकासका लागि आफुले गर्नुपर्ने काम अवस्य गर्ने उहाँले आश्वासन दिनुभयो ।
नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीले नेपाल सञ्चालित विकास योजनाहरु छिटै पुरा हुने बताए । नेपालमा सञ्चालित विकास योजनाहरु मध्ये सबैभन्दा महत्वपूर्ण मानिएको हुलाकी राजमार्ग एक वर्ष भित्र सम्पन्न हुने बताएका छन् ।जनकपुरमा विहिबार नेपाल भारत मैत्री यूवा संघको आयोजनामा भएको कार्यक्रममा भारतीय राजदुत पुरीले भारत सरकारको लगानीमा नेपालको धेरै आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेको बताउदै निर्माणाधिन अवस्थामा रहेको मध्ये हुलाकी राजमार्ग प्रमुख भएको बताउनु भयो । वहाँले तराई मधेशको लागि राजमार्गको रुपमा परिचित हुलाकी राजमार्ग निर्माणमा भारतीय केन्द्रिय सरकार पनि चासो रहेको बताउदै आउदो एक वर्ष्भित्र हुलाकी सडक सम्पन्न गर्नेमा जोड दिने बताए ।
संघका अध्यक्ष तथा नेपाली काँग्रेसका साँसद महेन्द्र यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनकपुरमा भारतीय राजदूत पुरीलाई जनकपुरमा विभिन्न संघ संस्थाहरुले स्वागत तथा सम्मानित गरेका थिए । कार्यक्रममा साँसदहरु डा. विजय कुमार सिँह, दिनेश साह लगायतका मन्तव्य राख्नु भएको थियो ।

Share.

Leave A Reply