चीनतर्फ पनि ७ जिल्लामा सीमा अतिक्रमण

0

आठ वर्षअघि तय भएको सीमावार्ता नेपालकै तर्फबाट स्थगन गरियो, त्यसपछि पहल गरिएन ।दुई देशबीच भएको सीमा सन्धिमा हरेक १० वर्षमा स्थलगत अध्ययन गरी वार्ताबाट समस्या समाधान गर्ने भनिए पनि १५ वर्षदेखि अध्ययन र निरीक्षण भएको छैन ।

नेपालको उत्तरी छिमेकी चीनसित वर्षौंदेखि रहेको सीमा अतिक्रमणसम्बन्धी विवाद सुल्झन सकेको छैन । सरकारी अधिकारीहरूका अनुसार ५ हिमाली जिल्लाको करिब १ हजार ४ सय ५६ रोपनी तथा गोरखा र दार्चुलाका एक–एक नेपाली गाउँ चीनले अतिक्रमण गरेको छ ।

Share.

Leave A Reply