घोराही उपमहानगरपालिमा सरकारी कामकाजको भाषा थारु

0

दाङ, पुस २३ – दाङको घोराही उपमहानगरपालिकाले माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकको प्रथम नगरसभाबाट पारित गरेको नीति तथा कार्यक्रम अनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।

अब घोराही उपमहानगरपालिका र यस अन्तर्गतका सबै वडा कार्यालयमा आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको हो ।

अब थारु भाषाबाट आएका निवेदन दर्ता गरी कार्य सम्पादन हुने छ, भने कार्यालयमा नगर प्रमुख नरुलाल चौधरी सहितका जनप्रतिनिधि र थारु समुदायका कर्मचारी थारु सेवाग्राहीसँग आफ्नै भाषामा कुराकानी गर्नेछन् ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले कृषि शाखाबाट संचालित अनुदान कार्यक्रमका लागि परेका निवेदनको मूल्यांकन गरी छनौट गर्न आर्थिक समितिका संयोजक राममणि पाण्डेयको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा कार्यपालिका सदस्य माया रावत, वडा नम्बर –१७ का अध्यक्ष खुसिराम चौधरी र कृषि शाखाका प्रमुख भरत पोख्रेल सदस्य सचिव रहनुभएको छ । साथै बैठकले वडा नम्बर –२ रामपुरमा रहेको स्वास्थ्य चौकीको स्तरवृद्धि गरी शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्ने निर्णय गरेको नगर प्रमुखका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply