घुस रकमसहित शिक्षक कर्मचारी पक्राउ

0

सर्लाही

जेष्ठ ४, २०७४- शिक्षक भर्ना गर्न भनेर अवैध रुपमा लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सर्लाहीका दुई उपसचिव, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक समेत चारजनालाई बिहीबार नियन्त्रणमा लिएको छ ।

पूर्व-पश्चिम राजमार्गको लालबन्दीस्थित नमस्ते होटलको कोठामा घुसको लेनदेन भइरहेका बेला उपसचिवद्धय सहायक जिशिअ वासुदेव तिमल्सिना र सहायक जिसिअ रामहरि रिजाल, जनज्योति उमावि लालबन्दीका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने र प्रधानाध्यापक विष्णु पोखरेललाई प्रमाणसहित नियन्त्रणमा लिएको आयोगको बर्दिवास सम्पर्क कार्यालयका अधिकारीले जनाए ।

विद्यालयमा आएको शिक्षकको दरबन्दीमा भर्ना गरिदिने भनेर निजी स्रोतमा जनज्योति उमाविमै कार्यरत शिक्षकसँग रकम लेनदेन भएको सूचनाको आधारमा आयोगको टोलीले घुस लेनदेन भएको होटलमा छापा मारेको थियो ।

एकजना भर्ना गर्न ५ लाख माग भएकोमा ४ लाखमा सहमती भएको सुचना पाएपछि लेनदेन हुने समय र स्थान पत्ता लगाई आयोगको टोलीले छापा मारेको हो । लामो समयदेखि विद्यालयमा निजी स्रोतमा काम गरेकालाई पनि पैसाका लागि सताइएपछि आयोगमा सूचना पुगेको हो । पछिल्लो समय जनज्योतिमा बिनापैसा काम हुन छाडेको गुनासो बढेको थियो ।

शिक्षक भर्नामा निकै दिनदेखि पैसाको‘वार्गेनिङ’भइरहेको सूचना र ‘भ्वाईस रेकर्ड’फेला पारेपछि आयोगले प्रमाणसहित पक्राउ गर्न तयारी गरेको थियो । आयोगले नियन्त्रणमा लिएका चारैजनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि काठमाडौं केन्द्रीय कार्यालयमा पठाउने जनाएको छ ।

http://bit.ly/2ru8MJD

Share.

Leave A Reply