गृहमन्त्रीले भने-मधेसीको मुख्य शत्रु एमाले

0

 
२२ वैशाख, काठमाडौं ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमालेकै कारण मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाएका छन् ।
निधिले एमाले मधेशी जनताको मुख्य शत्रु भएको दावी समेत गरे । शुक्रबार महाबीर युवा कमिटीले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसी जनतालाई अधिकारबाट बञ्चित गराउन एमाले क्रियाशील भईरहेको आरोप लगाएका हुन् ।

उपप्रधानमन्त्री निधिले एमालेलाई राजतन्त्र भन्दा पनि अधिनायकवादी पार्टीको रुपमासमेत चित्रण गरे ।

मन्त्री निधिले संविधान कार्यान्वयन गरी संघीयतालाई संस्थागत गर्न सरकार लागि परेको भन्दै मधेशी जनताको अधिकार संविधानमा सुनिश्चित गराउन सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेकेा बताए ।

Share.

Leave A Reply