गुडिरहेको मोटरसाइकलमा एक्कासि आगो दन्किएपछि… (फोटोमा हेर्नुस्)

0

मदन पौड्याल/उज्यालो ।

काठमाडौं, पुस २१ –काठमाडौंको भृकुटीमण्डप अगाडि गुडिरहेको मोटरसाइकलमा एक्कासि आगो लागेको छ । 

दिउँसो सवा एक बजेतिर बा ८३ प ९२९८ नम्बरको मोटरसाइकलमा आगो लागेको हो । गुडिरहेको मोटरसाइकलबाट धुँवा निस्केपछि सडकको छेउ लगाएलगत्तै आगो दन्केको चालक राजेन्द्र कँडेलले बताउनुभयो । 

२ सय २० सीसीको पल्सरमा लागेको आगो काठमाडौं महानगरपालिकको दमकलले निभाएको थियो । आगो के कारणले लागेको हो भन्ने थाहा हुन सकेको छैन । सडकमै मोटरसाइकलमा आगो लागेपछि एकछिन सवारी जाम भएको थियो ।

चालक कँडेलको स्थायी घर नवलपरासीको शिवमन्दिर –२, कावासोती हो । उहाँ बबरमहलतर्फ जादै गर्दा एक्कासि आगो लागेको थियो ।

Share.

Leave A Reply