गुजरातलाई हराउँदै हैदराबाद पुग्यो प्ले अफमा

0

 

३० बैशाख, काठमाडौं ।
गुजरात लायन्सलाई हराउँदै सनराइजर्स हैदराबाद इण्डियन पि्रमियर लिग क्रिकेट आईपीएलको प्ले अफमा पुगेको छ ।
शनिबार भएको खेलमा हैदराबादले गुजरातलाई ८ विकेटले हरायो । १५४ रनको लक्ष्य पछ्याएको हैदराबादले १८.१ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । चौका हान्दै टिमलाई जित दिलाएका डेभिड वार्नर ६९ रनमा अविजित रहे ।

विजय शंकरले नटआउट ६३ रन बनाए । हैदराबादको दुबै विकेट प्रविण कुमारले लिए ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातले १९.२ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनाएको थियो । उसका लागि इशान किशानले ६१ रन बनाउँदा कप्तान स्टिभ स्मिथले ५४ रनको योगदान दिए । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

उसलाई सस्तैमा समेट्ने क्रममा मोहम्मद सिराज एक्लैले चार विकेट लिए भने रसिद खानले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।

जितसँगै हैदराबाद १४ खेलबाट १७ अंकका साथ दोस्रो स्थानमा छ भने लिग लिडर मुम्बईको १८ अंक छ ।

Share.

Leave A Reply