गीत सुनेपछि स्थानीयले गरे सूचना केन्द्रमा पठाउने प्रतिबद्धता

0

लिला निरौला/खोटाङ ।

पुस २३ – खोटाङमा वैदेशिक रोजगारीबारे जनचेतना जगाउन गन्धर्व गीति यात्रा भइरहेको छ । पुस ३ गतेबाट सुरु भएको गीति यात्रामा गीत सुन्ने हलेसी तुवाचुङ नगरपालिकाका स्थानीयले विदेश जान खोज्नेलाई सूचना लिन सूचना केन्द्रमा पठाउने बताएका छन् ।

गीतमा सूचना नलिइ विदेश जाँदा अप्ठ्यारो पर्न सक्ने सुनेपछि उनीहरुले सूचना केन्द्रमा पठाउने बताएका हुन् । यस्तै विदेश जानेका परिवारले उनीहरुका कागजात राख्नुपर्ने रहेछ भन्ने पनि सन्देश गीतबाट पाएको अर्खौलेका गौराज घतानीले बताउनुभयो ।

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना सामीको विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्तर्गत गन्धर्व गीति यात्रा भइरहेको हो ।

हलेसी तुवाचुङ नगरपालिकाको अर्खौले, सल्ले, धितुङ, महादेवस्थान, दुर्छिममा गीति यात्रा सकिएको छ ।

Share.

Leave A Reply