गएको हप्ता आकस्मिक अवतरण गरेर जोगिएको थियो दुर्घटनामा परेको विमान

0

काठमाडौं, फागुन २८ – सोमबार काठमाडौंमा दुर्घटनामा परेको बंगलादेशी विमानले एक हप्ताअघि पनि बंगलादेशको ढाकामा आकस्मिक अवतरण गर्नु परेको तथ्य खुलेको छ ।

बंगलादेशमा आन्तरिक उडानसँगै छोटो दूरीमा अन्तर्राष्ट्रिय उडान पर्ने गर्ने यो विमानले बंगलादेशकै जेसोरबाट ढाका जाँदै गर्दा आकस्मिक अवतरण गरको बंगलादेशी अनलाइन द डेली स्टारले जनाएको छ ।

त्यतिबेला ढाकामा सुरक्षित अवतरण गरेको यो विमान सोमबार काठमाडौंमा भने सुरक्षित रहेन । ७१ जना सवार यो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा क्रममा चिप्लिएर चौरमा खस्दा आगो लागेको थियो ।

यसअघि युएस बंगला विमानकै एउटा जहाज सन् २०१५ को सेप्टेम्बरमा सहिदपुर विमानस्थलमा धावनमार्गबाट चिप्लिएको थियो । तर त्यतिबेला भने विमानमा समान्य क्षति मात्र भएको थियो ।

Share.

Leave A Reply