खाडीमा घरेलु महिला कामदार रोक : विदामा आएकालाई समस्या

0

 
काठमाडौं, वैशाख १७–सरकारले खाडी मुलुकमा घरेलु कामदार (हाउसमेड)मा नेपाली महिलालाई श्रम स्वीकृती रोकेपछि रोजगारीकै क्रममा आएकाहरु पनि प्रभावित भएका छन् । खाडीमा घरेलु कामदारमाथि भएको शोषण तथा तस्करीको कारण देखाएर हाउसमेडमा नेपाली महिलालाई श्रम स्वीकृती रोकिएको थियो ।
व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिले घरेलु कामदार सम्वन्धी निर्देशिका कार्यान्वयन गर्न प्रतिवन्ध लगाएपछि श्रम तथा रोजगार मन्त्रालयले सवै प्रकारका घरेलु कामदारलाई श्रम स्वीकृती रोकेको छ । मन्त्रालयले श्रम स्वीकृती रोक लगाएपछि सवैभन्दा वढी रोजगारीकै क्रममा घर विदामा आएकाहरु प्रभावित भएका छन् । आफुसँग भएको भिषा अवधी र जाने टिकट समेत कर्नफम गरेर आएका अधिकाशं घरेलु महिला कामदार पून श्रम स्वीकृतीमा समेत रोक लगाइएको थाहा पाएपछि आक्रोशित समेत वनेका छन् ।
नयाँ कामदारलाई घरेलु कामदारका रुपमा जान रोक लगाएपनि पुन श्रम स्वीकृतीमा भने सरकारले कडाइ गर्नुनहुने उनीहरुको धारणा छ । ‘हामी पहिला नै गएर आएका छौ, भिषाको म्याद अझै छ, हामीलाई कुनै पनि समस्या छैन’, लामो समय लेवनानमा घरेलु कामदारका रुपमा कार्यरत रहि घर विदामा आएकी मनिता सेढाई भन्छिन्, ‘सरकारले कि हामीलाई रोजगारीको ग्यारेन्टी गर्नुप¥यो, होइन भने छोराछोरीको लालन पालनका लागि विदेशमा काम गर्न जान्टछौ भन्दा पनि रोक्ने ?’ आफुसँग अझै ६ महिनाभन्दा वढीको भिषा अवधी समेत रहेको वताउँदै उनले आफ्नो फर्कने टिकट रहेपनि यो निर्णयले ठूलो मर्कामा परेको वताइन् ।

श्रम तथा रोजगार मन्त्रालयले घरेलु महिला कामदारलाई श्रम स्वीकृती लगाइएको रोक पछि वैदेशिक रोजगार विभागलाई पुन श्रम स्वीकृती (रि इन्ट्री) का विषयमा भने आवश्यक राय माग गरेको थियो । तर, विभागले भने त्यस विषयमा अहिलेसम्म आफ्नो राय दिएको छैन ।

मन्त्रालयले रि इन्ट्रीलाई श्रम स्वीकृती दिने वा नदिने भन्ने राय माग गरेपनि आफुहरुले अहिलनै पठाइ नहालेको विभागका निर्देशक मोहन अधिकारीको भनाइ छ । विभागका निर्देशक अधिकारीले मन्त्रालयले राय माग गरेको भए पनि विभागवाट पठाइ नसकिएको वताए । ‘घरेलु कामदारलाई श्रम स्वीकृती रोक लगाएपछि रि इन्ट्रीका वारेमा मन्त्रालयले राय माग गरेको थियो,’ उनले भने, ‘हाम्रो कानुन शाखाले काम गरिरहेको होला, तर राय पठाइसकिएको छैन, अहिले सवैलाई श्रम स्वीकृती रोकिएको छ ।’

विभागको हेलच्याक्राइले पनि विदामा आएका कामदार थप प्रभावित भएका छन् । मन्त्रालयले समयमै राय माग गेको भएपनि विभागका कर्मचारीले राय पेश गरेका छैनन । सधैभरि सेटिङमा व्यवस्त रहने विभागका कर्मचारी प्रक्रियागत काममा भन्दा पनि फर्जी काममा वढी समय दिने गरेको विभागमै भेटिएका एक सेवाग्राहीको गुनासो छ ।

अहिले खाडी मुलुकमा नेपाल र भारतको वाटो भएर कामदारका रुपमा पुगेका नेपाली हाउसमेड महिलाको संख्या एक लाखको हाराहारिमा रहेको अनुमान छ । ती मध्ये केही महिला विदामा आएर पुन जाने गरेका छन् । १० हजारको हाराहारिमा रहेका महिला भने १० औं वर्षदेखि रोजगारीमा रहेका र विदामा आउँदै जाने गरेका थिए । तर, ती महिला यसपटक भने विदामा आएर पुन रोजगारीमा जान नपाएपछि थप पिडीत भएका छन् ।

Share.

Leave A Reply