क्रिस गेल र हेटमेरको सेन्चुरीसँगै वेस्ट इण्डिजले यूएईलाई दियो ३५८ रनको टार्गेट

0

फागुन २२ – विश्वकप छनोट क्रिकेट अन्तरगतको खेलमा वेष्ट इण्डिजले यूएईलाई ३५८ रनको विजय लक्ष्य दिएको छ ।

समूह ए अन्तर्गतको खेलमा क्रिस गेल र सिमरन हेटमेरले शतकीय योगदान दिँदा वेष्ट इण्डिजले एसोसियट राष्ट्र यूएईलाई ३५८ रनको विजय लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको वेष्ट इण्डिजले ५० ओभरमा ४ विकेट गुमाउँदै ३५७ रन बनाएको थियो ।इण्डिजका लागि क्रिस गेलले विस्फोटक ब्याटिङ गर्दै १२३ रन बनाए । ९१ बलमा ७ चौका र ११ छक्का प्रहार गर्दै गेलले यो योगफल तयार पारेका हुन् ।

शिमरन हेटमेरले पनि शतकीय योगदान दिए । दोस्रो विकेटका रुपमा गेल आउट हुँदा १९१ रनको स्थितिमा रहेका हेटमेरले ९३ बलमा १४ चौका र ४ छक्कासहित १२७ रन बनाएका  थिए ।

Share.

Leave A Reply