क्यानडाको टोरन्टोमा भएको तेक्वान्दोमा यानकुमारीलाई स्वर्ण

0

काठमाडौं, मंसिर ४ – क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा यानकुमारी चौलागाईले स्वर्ण पदक जितेकी छिन् । क्यानडाको टोरन्टो शहरमा भएको ५७ केजी तौल समूहको फाइनलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितिन् । अर्का २ राष्ट्रिय खेलाडी भने पदकविहिन रहे ।

टोरन्टोस्थित भेराइटी भि​क्यानडाको टोरन्टोमा भएको तेक्वान्दोमा यानकुमारीलाई स्वर्णलेज एथ्लेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पदक विहिन रहे । महिला ४९ केजी तौल समूहको पहिलो खेलमै रेजिना क्यानाडाकी खेलाडीसँग पराजित भइन् । ६२ केजीमुनि तौलसमूहमा ज्ञानी क्वुबाकी खेलाडीसँग पहिलो खेलमै स्तब्ध भएपछि पदक विहिन भइन् ।  च्याम्पियनसिपमा करिब १ हजार १ सय ७५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Share.

Leave A Reply