कोरोना कोषबाट साढे ५५ करोड निकासा [कसलाई कति रकम ?]

0

सात प्रदेशलाई कुल ३८ करोड र सेनालाई ९ करोड २६ लाख रुपैयाँ उपलब्ध

सरकारले ‘कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष’ बाट सात प्रदेश र नेपाली सेनालाई गरी साढे ५५ करोडभन्दा बढी रकम निकासा गरेको छ । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलको अध्यक्षतामा बुधबार बसेको कोषको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बिहीबार रकम निकासा गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार कोरोनाको जोखिम नियन्त्रण, आइसोलेसन स्थापना तथा सञ्चालन र संक्रमितको उपचार गर्न सात प्रदेशलाई कुल ३८ करोड रुपैयाँ उपलब्ध गराइएको छ । प्रदेश १ लाई ४ करोड, प्रदेश २ लाई ७ करोड, वाग्मतीलाई ४ करोड, गण्डकीलाई ४ करोड, प्रदेश ५ लाई ७ करोड, कर्णालीलाई ६ करोड र सुदूरपश्चिम प्रदेशलाई ६ करोड रुपैयाँ उपलब्ध गराइएको हो । प्रदेशगत संक्रमण प्रक्षेपणका आधारमा रकम उपलब्ध गराइएको निर्णयमा उल्लेख छ । यसअघि स्थानीय तह र अस्पताललाई मात्र कोषबाट रकम दिइएको थियो ।

कसलाई कति रकम ?

प्रदेश १ – ४ करोड

प्रदेश २ – ७ करोड

वाग्मती प्रदेश – ४ करोड

गण्डकी प्रदेश – ४ करोड

प्रदेश ५ – ७ करोड

कर्णाली प्रदेश – ६ करोड

सुदूरपश्चिम प्रदेश – ६ करोड बराबर ३८ करोड

८४ पालिका – ७ करोड २२ लाख ६८ हजार

सैनिक अस्पताल – ९ करोड २६ लाख ८० हजार

विमान भाडा – ८८ लाख ५५ हजार

दुई अस्पतालका संक्रमित स्वास्थ्यकर्मी र उपचारलाई २५ लाख

Share.

Leave A Reply