केनले गरे वर्षको पहिलो गोल

0

लन्डन — ह्यारी केनले सन् २०२० को आफ्नो पहिलो गोल गरेसँगै टोटनहमले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई २–० ले हराएको छ ।  टोटनहमले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ ।

६ महिनायता पहिलो पल्ट खेलिरहेका इंग्लिस कप्तान केन आफ्नो पुरानो लयमा नदेखिएपनि खेल सकिन आठ मिनेट अगाडि गोल निकाल्न भने सफल रहे । टोटनहमले टोमस सोसेकको आत्मघाती गोलले अग्रता लिएको थियो ।

हारले वेस्ट ह्यामको रेलिगेसनबाट बच्ने संघर्ष अझ कमजोर भएको छ । जोसे माउरिन्होको टिमले पछिल्लो आठ खेलमा निकालेको यो पहिलो जित हो । यस खेलपछि टोटनहम शीर्ष चारबाट छ अंकको दूरीमा रह्यो ।

मंगलबारको अर्को खेलमा लेस्टर सिटीले ब्राइटनसँग गोलरहित बराबरी खेल्यो । त्यसमा लेस्टर गोलरक्षक कास्परर्स माइकलले निल मउपेयीको पेनाल्टी जोगाएका थिए ।

Share.

Leave A Reply