केएल टावरमा मोबाइलको मेगा मेला

0

काठमाडौं, भदौ २९ – काठमाडौंको चाबहिलमा रहेको केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दसैंं तिहारको अवसर पारेर सुरु भएको मोबाइलको मेगा मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गरिने छ । मेगा मेलाको उद्घाटन नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रपका ब्राण्ड एम्बासडर बिजय लामाले गर्नुभयो । केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र एकजनाले मलेसिया र सिंगापुरको टुर लक्की ड्र मार्फत पाउने छन् । मेलामा ६० प्रतिशत सम्म छुटका मोबाइल पनि रहेका छन् ।
यस्तै केएल मोबाइल हव सञ्चालनको अबसरमा ल्याइएको उपहार योजना अन्तर्गत फेसबुक फोटो कन्टेस्टमा भाग लिएका सिन्धुपाल्चोकका हरि कुमार दुलालले सामसुङ एस ८ प्लस प्राप्त गरेका छन् । यस्तै बिजय लामा सँगै मलेसिया र सिंगापुरको भ्रमण गर्ने अवसर धुम्बाराहीकी स्मारिका बिष्टले पाएकी छन् ।

Share.

Leave A Reply