सामाचारको प्रभावले विपन्न परिवारका ठकाई सदाको पक्की घर बन्ने

0

 

बैशाख २८ गते विहिवार

दिपेन्द्रप्रसाद सिंह । जनकपुरधाम

धनुषाको सिनुरजोडा बस्ने विपन्न परिवारका ठकाई सदाको पक्की घर बन्ने भएको छ । सदा परिवारको ८ छोराछोरी विद्यालय जान नसकेको भनी रेडियो जनकपुर ९७ मेगाहर्जबाट निरन्तर रुपमा सामाचार प्रशारण भएपछि जनकपुरका समाजसेवी एवम असहाय संरक्षण मंचका संयोजक बैद्यनाथ साहले सहयोग गर्ने इच्छा जाहेर गरेका थिए । सहयोग गर्ने इच्छा जाहेर गरेका समाजसेवी साहले विहिवार सदाको घरमै पुगेर छलफल गर्दा स्थानिय बासिन्दाहरुले सो मुसहर वस्तीका ४५ परिवारमध्ये ठकाईको अवस्था निकै कमजोर भएकाले पहिले बस्ने घर बनाई दिन स्थानियबासिन्दाहरुले आग्रह गरेका थिए ।
अति विपन्न परिवारको ठकाई सदाका ८ छोराछोरी गरिवीकै कारण घर अगाडिकै विद्यालयमा भर्ना हुन सकेका छैन । अहिले देशभरि विद्यालयमा भर्ना अभिभान चलि रहदा समेत उनका छोराछोरी विद्यालयमा भर्ना हुन नसकेकाले कसरी विद्यालयसम्म पुप्याउन सकिने भनी सहयोग गर्न गएका समाजसेवी बैद्यनाथ साहले स्थानियहरुको आग्रह र सदा परिवारका कष्टपूर्ण जीवन भोगाईलाई हेर्दा दु कोठे पक्की भवन बनाई दिने प्रतिवद्र्धता गरेको बताए । साथै सदा परिवारको ८ छोराछोरीलाई पढाई लेखाइको लागि आवश्यक पर्ने सामाग्री जुटाइ दिने समते वचनवद्र्धता गरेका छन । पत्रकार दिपेन्द्र सिंहले एकै दम्पतीका ८ सन्तान कोही जादैनन स्कुल भन्ने शिर्षकमा सामाचार मिडियामा ल्याएपछि असहाय संरक्षण मंचका संयोजक समेत रहनुभएका समाजसेवी साहले गरिव परिवारका सदालाई सहयोग गर्ने इच्छा जाहेर गरेका थिए ।
पारिवारिक अवस्था निकै दयनिय रहेको ठकाई सदा र राजो देवी दम्पतीका ८ सन्तानहरु विद्यालय जान नसकेको भनी सामाचारको प्रभावले विहिवार सदाको घरमै पुगेका समाजसेवी साहले उनका छोराछोरीलाई कसरी विद्यालयसम्म पुप्याउन सकिन्छ भन्ने छलफल गर्ने क्रममा स्थानियबासिन्दाहरुले खान , बस्न कुनै ठेगान नभएकाले कसरी भोकै विद्यालयसम्म पहुच हुने भनी स्थानियबासिन्दाहरुले नै प्रश्न उठाएपछि तत्कालै उनका बालबच्चाहरुलाई विद्यालयसम्मको पहुच गराइ दिर्घकालिनका लागि बस्ने , खाने कुराको अति आवश्यक महसुस गरि दुई कोठे पक्की भवन बनाई दिने प्रतिर्वद्धता ब्यक्त गरेका थिए ।

आफुले ती बालबच्चाहरुलाई कसरी विद्यालयसम्म पुप्याउन सकिन्छ भन्ने सोचले सदा परिवारको घर अवलोकन गर्ने क्रममा स्थानियबासिन्दाहरुले वर्षातको समयमा घरभित्र पानी छिरेर उनको अवस्था निकै खराव हुने भएकाले घर बनाइ दिन आग्रह गरेपछि आफुले नाँई भन्न नसकेको समाजसेवी साहले बताए । साथै उनले सो ४५ घरपरिवारको मुसहर बस्तीमा चाडै परिवार नियोजनसम्बन्धि निःशुल्क शिविर संचालन गरिने बताए । समाजसेवी साहले वर्षातको समय नजिकै आई रहेकाले शुक्रबारदेखि नै घर बनाउनका लागि कामको सुरुवात गरिने बताएका छन । उनले शुक्रवार सदाको जमिनको एकिन नक्सा नाप गरि घर बनाउन लाग्ने लागतको इस्टिमेट गरि एक महिनाभित्रमा घर बनाई हस्तान्तरण गरिने योजना रहेको बताएका छन ।
यता, सो बस्तीका सवैभन्दा निकै कष्टपूर्ण जीवन विताउँदै आएका ठकाई सादा र राजो देवीको घर निमार्णदेखि , नागरिकता बनाउनका लागि समेत सहयोग गर्दै आफना विद्यालयसम्म पहुच हुन नसकेका सन्तानलाई विद्यालयमा भर्ना गराई दिने आवश्वासन पाएपछि बस्तीका स्थानियवासिन्दाहरु समेत खुशी भएका छन भने सदा दम्पतीको खुशीको मुहार फेरिएको छ । ठकाई सदाकी श्रीमती राजोदेवीले भनिन कुन बेला भगवान आउनु हुन्छ थाहा हुदैन । घर बनेपछि आफनो छोराछोरीलाई नियमित रुपमा विद्यालय पठाउनेछु ।

Share.

Leave A Reply