कांग्रेस र माओवादी केन्द्रको संयुक्त उम्मेदवार घोषणा

0

 
चितवन, कांग्रेस २३ – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र चितवनले शनिबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरी केन्द्रिय नेतृत्वबीच भएको सहमति र निर्देशनलाई कार्यान्वयन गर्ने बताएको छ ।
भरतपुर महानगरपालिकामा दुबै दलले संयुक्तरुपमा उठाइएका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धतासमेत गरेका छन् ।
पत्रकार सम्मेलनमा जारी गरिएको संयुक्त वक्तव्यमा भरतपुर महानगरको प्रमुख पदकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहाललाई नेपाली कांग्रेसले समर्थन गर्ने र उपप्रमुख पदमा नेपाली कांग्रेसकी पार्वती शाहलाई नेकपा माओवादी केन्द्रले सहयोग गर्ने जनाइएको छ ।
प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई निर्वाचित गर्न दुबै पार्टीका महानगरस्तरीय पार्टी र भातृ सङ्गठनलाई व्यापक रुपमा परिचालन गर्ने वक्तव्यमा जनाइएको छ । दुबै उम्मेदवारको संयुक्त प्रचारप्रसार गर्ने, संयुक्त रुपमा कार्यक्रम गर्ने, वडा र अन्य नगरपालिका एव्म गाउँपालिकामा समन्वय गरी काम अघि बढाउने पनि सो वक्तव्यमा उल्लेख छ ।
सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले संयुक्त उम्मेदवारलाई निर्वाचित गराउने बताउँदै वडा तहमा पनि काँग्रेस र माओवादीबीच समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

Share.

Leave A Reply