काठमाडौं, मंसिर ४ – कांग्रेस नेता विमलेन्द्र निधि स्वास्थ्य जाँचका लागि अस्पताल पुग्नु भएको छ । केही दिनदेखि ज्वरो आएकाले उहाँ सोमबार स्वास्थ्य परीक्षण गर्न ओम अस्पताल पुग्नु भएको हो ।
निधिको उपचारमा संलग्न डाक्टर रावल पाठकका अनुसार उहाँको छातीमा संक्रमण भएको हुन सक्ने देखिएको छ । निधिले यसअघि एन्टिबायोटिक औषधि खाँदै आउनु भएको थियो । निधि जनकपुरमा चुनावी प्रचारप्रसारको कार्यक्रम सकेर काठमाडौं फर्किनु भएको हो । चुनाव प्रचारका क्रममा धेरै नै धपेडी गरेकाले उहाँको स्वास्थ्यमा समस्या देखिएको डाक्टरले बताएका छन् ।