कक्षा ११ को परीक्षा सर्न सक्छः परीक्षा नियन्त्रक

0

काठमाडौं, वैशाख २९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सर्न सक्ने संकेत गरेको छ। परीक्षा नियन्त्रक डम्बर कुमार बतासले असार १ गते देखि हुने भनिएको कक्षा ११ को परीक्षा सर्न सक्ने संभावना रहेको जानकारी दिए।
परीक्षा संचालन हुने विद्यालयमा मतदान केन्द्र तोकिने अर्थात् मतगणना गर्नुपर्ने हुन सक्ने भन्दै परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सर्ने संभावना रहेको जनाएको हो।
निर्वाचन आयोगले बैशाख ३१ गते निर्वाचनका लागि मिति तय गरेपछि परीक्षा तालिका प्रकाशित गरिएको भएपनि पछि दुई चरणमा निर्वाचन गर्ने निर्णय भएकाले परीक्षा प्रभावित हुने भएको हो। जेठ ३१ गते प्रदेश नम्बर १, २ , ५ र ७ नम्बरमा स्थानीय तहको निर्वाचनको मिति तोकिएको छ।

Share.

Leave A Reply