ओलीले आफ्नो गठबन्धनमा नाम राखेको भन्दै गच्छदारको पार्टीद्वारा आपत्ति

0

 
काठमाडौ वैशाख २२–प्रधानन्यायाधीश सुशिला कार्कीमाथि लगाइएको महाअभियोगको विरुद्धमा बनाइएको गठबन्धनमा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई राखेको प्रति सो पार्टीका नेताले आपत्ति जनाएको छ ।

रातोपाटीसँग कुरा गर्दै सो पार्टीका महासचिव रामजनम चौधरीले भने, ‘एमालेले हिजो छलफलका लागि बोलाएको हो । तर छलफल गर्दैमा गठबन्धनमा गइन्छ त ?’ । उनले एमालेको कार्यप्रति आपत्ति पनि जनाएका छन् । उनले भने, ‘हामी कुनै गठबन्धनमा छैनौ, हिजो छलफलका लागि एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली बोलाउनु भएको थियो तर एमालेको प्रस्तावप्रति सहमत छैनौँ, तैपनि आफूहरुको पार्टीको नाम राखेर प्रचार गरिरहनु भएको छ ।’
प्रधानन्यायाधीश कार्कीमाथि लगाइएको महाअभियोगप्रति हालसम्म आफ्नो पार्टीले कुनै धारणा नबनाएको बताउँदै उनले भने, महाअभियोगको विषयमा हामी ‘न्युट्रल’ छौ ।’

Share.

Leave A Reply