एसियन कप छनौटः यमनसँग गोल नखाने नेपाली रणनीति

0

२९ जेठ, काठमाडौं । सन् २०१९ मा हुने एएफसी एसियन कप फुटबलको टनौट अन्तर्गत नेपाली टोलीले भोलि यमनबिरुद्ध खेल्दैछ ।

छनौट चरणको पहिलो खेलमा फिलिपिन्ससँग पराजित भएको नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्दैछ र भोलिको खेलमा नेपाल गोल नखाने रणनीतिमा हुनेछ ।

सशस्त्र प्रहरीको हलचोक मैदानमा भोलि ३ बजेदेखि खेल हुनेछ । खेलका लागि यमनको राष्ट्रिय टोली हिजै काठमाडौं आइसकेको छ ।

खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान बिराज महर्जनले भने, ‘होम ग्राउण्डको फाइदा हामीले उठाउनुपर्छ, हामी जितका लागि खेल्नेछौं, यस खेल जितियो भने बाँकी खेलहरु हाम्रा लागि सहज हुनेछन् ।’

टोलीका मुख्य डिफेण्डरसमेत रहेका बिराजले रक्षापंक्तिमा सन्तुलनता अपेक्षाकृत नभएको स्वीकार गरेका छन् । ‘पुराना खेलाडीहरु चोटग्रस्त छन्, नयाँ खेलाडीहरु आएका छन्, त्यसैले केहि तालमेल बिगि्रएको छ ।’

Share.

Leave A Reply