एसपटकको एसेस इग्ल्याण्डका लागि लाजमर्दाे, अष्ट्रेलिया ४–० ले विजयी

0

पुस २४ – अष्ट्रेलियासँगको प्रतिष्ठित क्रिकेट शृङ्खला एसेसको यसपटकको संस्करण इंग्ल्याण्डका लागि विर्सनलायक बनेको छ । अष्ट्रेलियासँग शृङ्खला ४–० ले गुमाउनुपरेपछि इंग्ल्याण्डका लागि यो सस्करण लाजमर्दो बनेको हो । पाँचाैँ तथा अन्तिम टेष्टमा इंग्ल्याण्डलाई एक इनिङ र १ सय २३ रनले हराउँदै अष्ट्रेलियाले शृङ्खलाको नजिता एकतर्फी बनाएको हो ।

पहिलो पालीमा ३ सय ३ रनले पछि परेको इंग्ल्याण्डलाई दोश्रो पालीमा १ सय ८० रनमा अलआउट गर्दै अष्ट्रेलिया १ इनिङ र १ सय २३ रनले हराएको हो । अष्ट्रेलियाका पाट क्युमिन्सले ४ तथा नाथन लायनले ३ विकेट लिए । जोय रुटले ५८ रन बनाउनुबाहेक इंग्ल्याण्डका अरु खेलाडीको प्रदर्शन सम्झनलायक रहेन ।

अष्ट्रेलिया पहिलो खेलमा १० विकेटले, दोश्रोमा १ सय २० रनले, तेश्रोमा एक इनिङ र ४१ रनले विजयी भएको थियो । चौथो टेष्टमा बराबरी गर्नु नै इंग्ल्याण्डका लागि सान्त्वना नतिजा रह्यो ।

Share.

Leave A Reply