एमाले र कांग्रेसले उम्मेदवार सिफारिस गर्‍यो

0

२१ असोज, परासी । नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभाका लागि आफ्नो उम्मेवारको नाम टुंग्याएर सिफारिस गरेको छ । माओवादी केन्द्र भने छलफलमै छ ।

कांग्रेस नवलपरासीको क्षेत्रिय समितिले प्रतिनिधिसभा र प्रदेश सभाको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । महामन्त्री डा. शसाकं कोइराला प्रदेश ४ अन्र्तगत नवलपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

कोइरालासहित पूर्व सांसद महेन्द्रध्वज जिसी र कमला तिवारीको नाम सिफारिस भएको छ ।

नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि महेन्द्रध्वज जिसीसहित बिष्णु कार्की, कृष्णचन्द्र नेपाली र ओेमकला गौतमको नाम सिफारिस गरिएको क्षेत्रीय सभापती दुर्गा बहादुर रानाले बताए ।

प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ को क बाट करुणसागर सुवेदी, ओम सापकोटा, सत्यनारायण खनाल, द्रोणवन सन्यासी, पत्रकार महासंघ नवलपरासीका सभापती होमराज रानाभाट, कमल पराजुलीको नाम सिफारिस गरीएको छ ।

ख बाट हेमराज कोइराला, भानु सिग्देल, डिल्लीराम कडरिया, महेन्द्र पोखरेल, कपिलदेव भुषाल, झपेन्द्रश्वर भुषाल, सरस्वती तिमिल्सिना, धर्म बस्याल, ओमकला गौतम, बिष्णु पाण्डे लगायतको नाम सिफारिस गरीएको क्षेत्रीय समितिले जनाएको छ ।

नवलपुर क्षेत्र नम्बर २ को कबाट प्रदेशसभाको लागि श्रीधर शर्मा, नेपाली कांगे्रसका जिल्ला सभापति बिष्णु लामिछाने, लक्ष्मी मैनाली, खड्गबहादुर राना, शंकर तिवारी र मित्रलाल भट्टराईको नाम सिफारिस गरीएको छ । २ को ख बाट गणेशमान श्रेष्ठ, कमल भट्टराई, सुर्य गुरुङ, भरत भुषाल, उदय अर्याल, टेकप्रसाद श्रेष्ठ, दोमनबहादुर भण्डारी र बालकृष्ण भुषालको नाम सिफारिस भएको क्षेत्रीय सभापती दुर्गा बहादुर रानाले बताए ।

प्रदेश ५ अन्र्ततग पर्ने परासी तर्फको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको लागि सांसद देवकरण जैसवालको नाम सर्वसम्मत सिफारिस भएको छ । प्रदेश सभाको लागि क्षेत्र नम्बर १ को क बाट विक्रम खनाल र खबाट मुकुल आचार्यको नाम सिफारिस भएको छ ।

२ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका नेता देवेन्द्रराज कँडेलको नाम सिफारिस भएको छ भने प्रदेशसभाको लागि २ को कबाट अर्जुन कुमार पोखरेल, मोहन शर्मा र टंक न्यौपानेको नाम सिफारिस भएको छ ।

ख बाट प्रदेश सभाको लागि बैजनाथ जैसवाल, विक्रम यादव र राधेश्याम पाठको नाम सिफारिस भएको छ । क्षेत्रिय समितिले सिफारिस गरेको नाम जिल्ला हुँदै केन्द्रमा पठाइने जिल्ला सभापति विष्णु लामिछानेले बताए ।

यस्तै एमाले परासीले पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

नवलपरासी (ख) क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य लागि डा. शोभाकान्त ढकालको नाम सर्वसम्मत रुपमा सिफारिस भएको । क्षेत्र नम्बर १ लागि भने कुनै पनि नाम सिफारिस गरीएको छैन । प्रतिनिधिसभा निर्वाचनको लागि क्षेत्र नम्बर १ खाली राखिएको नेकपा एमाले परासी जिल्ला कमिटिका सह संयोजक थान प्रसाद गैहे्रले बताए ।

क्षेत्र नम्बर १ बाट हृदयेश त्रिपाठी उठ्नेछन् । राजपा छाडेका उनले सूर्य चुनाव चिन्ह लिएका छन् ।

१ बाट प्रतिनिधिसभाको लागि कुनै पनि नाम सिफारिस गरीएको छैन, त्रिपाठीजी को क्षेत्र हो, उहाँ उठने कुरा छ ,बाँकी केन्द्रले मिलाउँछ’ सह संयोजक गैह्रेले भन्नुभयो ।

प्रदेशसभाका लागि भने क्षेत्र नम्बर १ को कबाट बृहस्पती अधिकारी, दिपेन्द्र अधिकारी, रुक्माङ्गत ज्ञवाली, टोपबहादुर सिहं ठकुरी र सिन्धु जलेसाको नाम सिफारिस भएको छ ।

१ को खबाट टेकनारायण उपाध्याय, रामु अर्याल, रमेश पाण्डे र गणेस पोखरेलको नाम सिफारिस भएको छ ।

परासी क्षेत्रको २ नम्बर क्षेत्र अन्र्तगत प्रदेशसभा सदस्यको उम्मेदवारको लागि क र ख दुबै क्षेत्र बाट सर्वसम्मत रुपमा नाम सिफारिस गरिएको जिल्ला सहसंयोजक थानप्रसाद गैह्रेले बताए । कबाट बैजनाथ चौधरी र खबाट सिताराम चौधरी सिफारिस भएका छन् ।

एमाले नवलपुरले प्रतिनिधिसभाको क्षेत्र नम्बर १ मा कृष्ण पौडेल, डा. गोपाल खनाल र शुस्मा काफ्लेको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर २ मा तिलक महतको नाम सिफारिस गरिएको नवलपुर जिल्ला कमिटी संयोजक रोशन बहादुर गाहाले बताए ।

Share.

Leave A Reply