एन्फा पाँचथरले कर्मा छिरिङलाई समर्थन गर्ने

0

उपेन्द्र येक्तेन/उज्यालो ।

पाँचथर, फागुन २० – अखिल नेपाल फुटबल संघ (एन्फा) पाँचथरले चैत १४ गते हुने एन्फाको महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी कर्मा छिरिङ शेर्पालाई समर्थन गर्ने जनाएको छ ।

आइतबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै एन्फा पाँचथरले यसअघि माघ ३ गते एन्फा पाँचथरको पहिलो बैठकले गरेको निर्णय अनुसार छिरिङलाई समर्थन गर्ने जनाएको हो । जसका लागि एन्फाका वर्तमान वैकल्पिक केन्द्रीय सुरेश शाहलाई पाँचथरबाट मताधिकारसहित महाधिवेशन प्रतिनिधिमा छनोट गरिसकेको एन्फा पाँचथरका अध्यक्ष सुजन नेम्बाङले बताउनुभयो ।

पाँचथरका प्रतिनिधि शाहले पनि केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका छन् । एन्फाको १६ औँ महाधिवेशनमा संस्थापक पक्षका मणि कुँवर र कर्मा छिरिङ शेर्पाको प्यानल चुनावी मैदानमा उत्रेका छन् ।

Share.

Leave A Reply