एजेन्टबाट ठगिएका ८ युवाले १० महिनापछि पासपोर्ट फिर्ता पाए

0

चन्दनकुमार यादव/सप्तरी ।

पुस २० – सप्तरीका ८ जना युवालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पैसा र पासपोर्ट लिएका एजेण्टले पैसा र पासपोर्ट गरेका छन् । १० महिना अघि पैसा र पासपोर्ट लिएका राजविराजका सेराज सेखले फिर्ता गरेका हुन् ।

सेखले मतेबुल मन्सुरी, मतेबुल मन्सुरी, खुस मोहम्मद, कलाम मन्सुरी, अनवारुल मन्सुरी, खुर्सिद मन्सुरीसहितसँग पासपोर्टसँगै प्रतिव्यक्ति ४५ हजार रुपैयाँ पनि लिएका थिए ।

उनीहरुका बारेमा सञ्चारमाध्यममा खबर प्रकाशित भएपछि एजेण्ट सेखले राजविराजमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमै पुगेर पासपोर्ट फिर्ता गरेका हुन् ।

पैसा भने माघ १५ गतेभित्र फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । सूचना केन्द्रका संयोजक रामप्रमेश मण्डलले उनीहरुले पासपोर्ट फिर्ता पाएको र पैसा पनि फिर्ता गर्ने सर्तमा भर्पाइ गराएर पठाएको बताउनुभयो ।

Share.

Leave A Reply