एक वर्षदेखि युएईको जेलमा रहेका विनोदको मुद्दा लड्दा १३ लाख सकियो, फैसला भएन

0

विजय भुसाल/नुवाकोट ।

पुस २२ – वैदेशिक रोजगारीका लागि ९ वर्ष अघि युएई गएका नुवाकोटको बिदुर–७ का विनोद नेपाली आहिले जेलमा हुनुहुन्छ । बंगलादेशका नागरिक को हत्या गरेको आरोपमा उहाँ १ वर्षअघि जेल पर्नुभएको हो ।

प्रहरीले छानविन भइरहेको बताइ रहेको छ, उहाँ जेल परेको १ वर्ष हुँदासम्म दोषी हो कि होइन भन्ने फैसला भएको छैन । युएई गएका विनोद ९ वर्षअघि आबुधाबीमा रहेको पाँचतारे होटलमा ‘मेन कुक’ काम गर्नुहुन्थ्यो ।

कुक हेल्परमा गएका विनोद अनुभवका आधारमा बढुवा हुँदै ‘मेन कुक’ बन्नुभयो । कुक हेल्पर हुँदा ७ सय दिर्हाम तलब पाउने विनोदले ३ हजार ५ सय दिर्हाम तलब पाउनुहुन्थ्यो । काम राम्रो भएकाले उहाँलाई तालिमका लागि भारत र जापान पनि पठाएको थियो होटलले ।

पदसँगै कमाई पनि राम्रो भएका विनोदलाई कम्पनीले प्रत्येक वर्ष विदा दिन्थ्यो । उहाँ दसैँमा घर आउनुहुन्थ्यो । विदेश जानुअघि नै उहाँ भक्तपुरकी एक युवतीलाई मन पराउनुहुन्थ्यो । त्यसैले उहाँले ती युवतीलाई पनि काम खोजिदिएर सँगै लानुभएको थियो ।

Share.

Leave A Reply