एक दर्जनभन्दा बढी पेट्रोलियम पूर्वाधार तयार गर्दै आयल निगम

0

देशैभर भण्डारण क्षमता विस्तारको योजनामा नेपाल आयल निगमले काम अघि बढाएको छ । झापा र धनुषामा निगमको आफ्नै एलपीजी बोटलिङ प्लान्ट, अमलेखगन्जदेखि लोथर तथा सिलुगडी झापा पेट्रोलियम पाइपलाइन लगायतको दर्जनौ पूर्वाधार आयोजना अघि बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

दुई वटा पाइपलाइन विस्तार, दुई वटा एलपीजी स्टोरेजसहितको बोटलिङ प्लान्ट तथा विमानस्थलहरुमा हवाई इन्धनको डिपोको क्षमता विस्तारको कार्य अगाडि बढाइएको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

Share.

Leave A Reply