एकै पटक तीन राष्ट्रिय खेलको प्रतियोगिता

0

काठमाडौं, फागुन २१ – सशस्त्र प्रहरी बलले एकै पटक तीन खेलको राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ । जसमा ब्याटमिन्टन, लन टेनिस र महिला भलिबल रहेका छन ।

सशस्त्रले तीनवटै प्रतियोगिता फागुन २७ देखि चैत्र दुई गतेसम्म गर्ने घोषणा गरेको हो । कृष्ण मोहनको स्मृतीमा हुने राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता १० विधामा हुनेछ । जसमा पुरुष र महिला एकलसहित भेट्रान्स लगायतका छन । प्रतियोगिताको पुरुष एकलको विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैयाँ पाउनेछन् भने महिलातर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउनेछन् ।

यो प्रतियोगिताको कुल पुरस्कार राशी सात लाख १० हजार रुपैयाँ राखिएको छ । नेपाल ब्याटमिन्टन संघको सहकार्यमा हुने प्रतियोगिताबाट खेलाडीको ¥याङ्किङको पनि निधो लाग्नेछ ।

प्रतियोगितामा झन्डै ४ सय खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । यस्तै, त्यही मितिदेखि हुने सहवीर स्मृति खुल्ला लन टेनिस प्रतियोगितामा १३ विधामा प्रतिस्पर्धा हुनेछ ।

जसमा पुरुष र महिला एकलको विजेताले समान ६० हजार र उपविजेताले ३० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता हलचोक र सातदोबाटोमा संयुक्त रुपमा आयोजना हुनेछ ।

यस्तै, महिला राष्ट्रिय भलिबल प्रतियोगितामा ६ टिमको सहभागिता हुनेछ । विजेताले दुई लाख ५० हजार र उपविजेताले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् । यस्तै, विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले पनि जनही पाँच हजार रुपैयाँ हात पार्नेछन् । तीनवटै प्रतियोगितामा खेलाडी दर्ता मिति यही २५ गतेसम्म राखिएको छ ।

Share.

Leave A Reply