एकै ओभरमा १६ रन खर्चेका पारसले बनाए एकै ओभरमा १६ रन

0

फागुन २० – बलिङतर्फ महंगा सावित भएका कप्तान पारस खड्काले नेपाली ब्याटिङलाई गति दिएका छन् ।

सुरुवातमै नेपालले ओपनर दिलिप नाथलाई गुमाएको थियो । त्यसपछि ज्ञानेन्द्र मल्ललाई साथ दिन आएका पारस खड्का सुस्त सुरुवात गरे पनि पछिल्ला ओभरमा रन बनाएका छन् ।

११ औँ ओभरमा उनले काइल जारविसको बलमा चार चौका प्रहार गर्दै १६ रन जोडे । उनले बलिङमा पहिलो ओभरमै १६ रन दिएका थिए । ३२ बल सामना गरेका पारस खड्काले ८ चौकासहित ३९ रन जोडेका छन् ।

Share.

Leave A Reply