ऋतिकको जन्मदिनमा पूर्व पत्नीले भनिन् तिमी मेरो जिन्दगीको रोशनी बनिरहनु

0

पुस २६ –बलिउड नायक ऋतिक रोशन आज उनको ४४औं जन्मदिन मनाउँदैछन् । निलो आँखा र डान्स स्टाईलले बलिउडमा परिचित ऋतिकको जन्म सन् १९७४ जनवरी १० मा भारतको मुम्बईमा भएको थियो । 

सन् २००० को सुपरहिट फिल्म ‘कहो ना प्यार हे’ बाट करियर सुरु गरेका ऋतिकले त्यसै वर्ष आफ्नी प्रेमिका सुज्यान खानसँग विवाह गरेका थिए । विवाह भएको १४ वर्षपछि सन् २०१४ मा यी दुवै कानुनी रुपमा अलग भएका थिए । तर सम्बन्धविच्छेदपछि पनि यी दुई बीचको सम्बन्ध भने सुमधुर नै रहेको छ ।

यसैबीच ऋतिकको जन्मदिनको अवसरमा उनकी पूर्व पत्नी सुज्यान खानले इन्स्टाग्राममा ऋतिकसँगको सेल्फी पोस्ट गरेकी छिन् । सुज्यानले फोटोको क्याप्सनमा ‘तिमी सधैँ भरी मेरो जीन्दगीको रोशनी बनिरहनु, जन्मदिनको शुभकामना’ भन्दै ऋतिकप्रति उनको प्रेम दर्शाएकी छिन् ।

Share.

Leave A Reply