इलाममा प्रतियोगिताकै रकमले अन्तर्राष्ट्रिय मापदण्डको खेलमैदान बनाईंदै

0

इलाम, भदौ २४ – इलाम नगरपालिकामा रहेको खेलमैदानलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको खेलमैदान बनाउन जिल्लामा रहेको टुँडिखेल मर्मत गर्न दुबो रोप्ने कामलाई निरन्तरता दिइएको छ । एक महिना अघिबाट सुरु भएको दुवो रोप्ने काम तीन महिनामा सक्ने लक्ष्य लिएको माइभ्याली गोल्डकप स्पोटिङ्ग क्लबले जनाएको छ ।
इलाममा गएको चैत महिनामा सम्पन्न माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताबाट ८२ लाख ७६ हजार १०७ रुपैयाँ आम्दानी भएको थियो । यही रकमबाट अहिले ढल कटाउने, पर्खाल लगाउने र दुबो रोप्ने काम भइरहेको माइभ्याली गोल्डकप स्पोर्टिङ्ग क्लब इलामका अध्यक्ष धिरेन चेम्जोङ्गले बताउनुभयो ।

Share.

Leave A Reply