इराकमा बेच्न लैजादै गर्दा उद्धार गरिएका दुई महिला नेपाल फर्किए

0

युएई, पुस १६ – कुवेतमा रोजगारी लगाइदिने भन्दै इराक लैजान दुवई पु¥याएर अलपत्र पारिएका दुई महिलाको उद्धार गरिएको छ ।

दुई हप्ता अघि युएईको आबुधाबी विमानस्थलमा अलपत्र परेका झापाको धरमपुरकी सीता हेमरम र दमककी देवीमाया विश्वकर्मालाई उद्धार गरेर घर फर्काइएको हो ।

उनीहरुलाई झापाकै ओजमान लिम्बूले इराक पठाउन लागेका थिए । ओजमानले भारतको बाटो हुँदै कुवेत लैजाने भनेर उनीहरुलाई आबुधाबी ल्याएका थिए । त्यसपछि ओजमान सम्पर्कविहिन भएका थिए ।

आबुधावी एयरपोर्टमा अलपत्र परेका पीडितलाई त्यही काम गर्ने एक नेपालीले भेटेपछि युएईस्थित नेपाली दूतावासमा जानकारी गराएका थिए । दूतावासले उनीहरुलाई उद्धार गरेर सुरक्षित आवास गृहमा राखेको थियो ।

युएईसम्मका लागि मात्र भिसा भएको र अवैधानिक तरिकाले अर्को देश पठाउन लागेकाले पीडितहरुलाई घर फर्काइएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । सीता र देवीमाया समस्यामा परेको जानकारी पाएलगत्तै घर फर्काउन आफन्तले नेपालबाट हवाई टिकट पठाएका थिए ।

Share.

Leave A Reply