इटालीयन फुटबलर डेभिड अस्टोरीको मृत्यु, फुटबल जगत स्तब्ध

0

फागुन २० – इटालीको फ्योरेन्टिना फुटबलका कप्तान डेभिड अस्टोरीको ज्यान गएको छ  ।

३१ वर्षका फ्योरेन्टिना फुटबलका कप्तान डेभिड अस्टोरीको शनिबार राति होटेलमा ज्यान गएको क्लबले जनाएको छ । फ्यायोरेन्टिना फुटबलले आइतबार आफ्नो वेबसाइटमा कप्तान डेभिडको होटेलमा ज्यान गएको बताएको हो । डेभिडकी २ वर्षीय छोरी पनि रहेको जनाइएको छ ।

आइतबार उदिनेसँग भएको खेल खेल्न उदेनमा रहेको बेला उनको होटेलमा ज्यान गएको क्लबले ट्वीटमार्फत जानकारी गराएको हो । उक्त खेल पछि सारिएको छ । इटालिका सञ्चारमाध्यमले डेभिडको हृदयघातका कारण ज्यान गएको बताएका छन् ।

अस्टोरीले एसी मिलनबाट आफ्नो क्यारिअर सुरु गरेका थिए । सन् २०१५ मा फाएरोन्टिनामा जोडिनुभन्दा पहिला उनले कग्लियारी र रोमामा आवद्ध भएर खेलेका थिए । उनले इटालिका लागि १४ पटक खेलिसकेका थिए ।

Share.

Leave A Reply