इटहरी गोल्डकपमा थ्रि स्टारको विजयी सुरुवात

0

सुनसरी माघ ६ – इटहरीमा शनिबारबाट सुरु भएको अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबल प्रतियोगितामा थ्रि स्टार क्लब काठमाडौं विजयी भएको छ ।

डेढवर्ष पछि नेपाली फुटबलमा फर्कीएको थ्रि स्टारका लागि दुवै गोल विदेशी खेलाडी अजयी मार्टीनले गरे । शसस्त्र प्रहरी क्लवसँग भएको खेलमा थ्रि स्टार २–१ ले बिजयी भएकाे हाे । मार्टीनले खेलको ३८ औ र ४५ औ मिनेटमा गोल गरे ।  एपिएफले भने एक उपहार गोल पायो । दोस्रो हाफको २२ औं मिनेटमा पिटर सेगेनले आत्माघाती गोल गरेपनि खप्तड गोल्डकपको उप बिजेता एपीएफले जित निकाल्न सकेन ।

खेलको शुरुवात देखि नै थ्रि स्टार हावी भएको खेलमा खेलको ३८ औं मिनेटमा बुद्ध चेम्जोङ्गले प्रहार गरेको बल पोष्टमा ठोकिदै रिबाउन्ड हुँदा मार्टीनले गोल गरे । दोस्रो गोल पनि बुद्धकै पासमा गरे । प्रतियोगिता अन्तर्गत आईतबार मनाङ्ग मस्र्याङ्दी क्लब र झापा ११ का बिचमा हुने छ । प्रतियोगिताको राष्ट्रपति बिद्या देवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगिता उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले खेलकुदको विकासमा सरकार लाग्नु पर्ने बताउनुभयो । खेलको माध्यमबाट देशको नाम उच्चो हुने भन्दै राष्ट्रपतिले खेल र खेलाडीको विकासमा लागि पर्न सरकारलाई आग्रह गर्नुभयो ।

Share.

Leave A Reply