आफूलाई मन नपराएर अर्कै केटा मनपराएको भन्दै २२ वर्षीय युवतीलाई एसिड हान्ने दुई पक्राउ

0

रेडियो जनकपुर , ०९ साउन । आफूलाई मन नपराएको भन्दै २२ वर्षीय युवतीमाथि एसिड प्रहार गर्ने र प्रहार गर्न लगाउने दुईजना पक्राउ परेका छन् । उनीहरुले सीतापाइलास्थित ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्की लाई एसिड प्रहार गरेका थिए ।

बिहीबार राति ८ बजेतिरको घटना भएपनि प्रहरीले उनीहरुलाई घटनाको २ घण्टा भित्रै पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका मध्ये एकजना रौतहटका रहेका छन् । जो ती एसिड प्रहार भएकी २२ वर्षीया पवित्रा कार्कीलाई मन पराउथे । उनको नाम मोहम्मद आलम रहेको छ । त्यस्तैगरी अर्का भारतीय नागरिक रहेका छन् । उनको नाम मोहम्मद मुन्ना रहेको छ । जसलाई मोहम्मद आलमले पैसा दिएर एसिड प्रहार गर्न लगाएका थिए ।

महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरको टोलीले अनुसन्धान गरेको अनुशन्धानमा पवित्रालाई बिहीबार राति आलमले ३० पटकभन्दा बढी फोन गरेका थिए । तर पवित्राले फोन वेवास्ता गरेकी रहेछन् । त्यसपछि आलमले ती भारतीय नागरिकलाई पैसा दिएर एसिड प्रहार गर्न लगाएका थिए ।

त्यसका लागि उनले राति नै मोटरसाइकलमा ती युवतीको घर नजिकै लगेका थिए र ती युवती दही किन्न घरबाट निस्कदै गर्दा एसिड प्रहार भएको खुलेको छ । उनीहरुलाई सीसी टिभी फुटेजको आधारमा पक्राउ गरिएको हो । बयानका क्रममा भारतीय नागरिकलेले हिजो नै भारत जाने तयारीमा रहेको बताएका छन् ।

पवित्रालाई आफूले नचिन्ने बताए । साथीले आफूलाई मन नपराएर अकेै केटालाई मन पराएकोले एसिड प्रहार गर्न लगाएको उनले बयानमा बताएका बताइएको छ ।

एसिड प्रहारपछि उनीहरु  मोटरसाइकलबाट डल्लुस्थित कोठामा गएका थिए । त्यसपछि उनीहरु रातिनै भारत पुग्ने तयारी थियो । तर प्रहरीले सबै नाकामा हुलियासहित खबर गरिसकेका थिए ।

Share.

Leave A Reply