आगलागीबाट एक जनाको मृत्यु

0

उपेन्द्र येक्तेन/उज्यालो ।

पाँचथर, पुस २१ –पाँचथरको हिलिहाङ– १, अमरपुरका एक वृद्धको आगलागीमा परि ज्यान गएको छ ।  बिहीबार राति १२ बजे घरमा भएको आलागीबाट ८१ वर्षीय नरबहादुर थुलुङ राईको ज्यान गएको हो । मृतक राइले सेवन गरेको चुरोटको ठुटोबाट आगो सल्केको प्रहरीले जनाएको छ ।

राई बस्दै आएको फुसले छाएको एक तले घरमा आगलागी हुँदा राईको ज्यान गएको हो। उक्त घरमा राई मात्रै बस्दै आएका थिए । घरमा आगो लगेपछि भाग्न नसक्दा वृद्ध राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिनुभयो ।

आगलागी भएको खबर पाएपछि अमरपुरका प्रहरी चौकीका प्रहरी इञ्चार्ज काजीबहादुर बस्नेतको नेतृत्वमा खटिएको टोलीले राति साढे एक बजे आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट घर पूर्णरुपमा खरानी हुँदा पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 

Share.

Leave A Reply