अवैध रुपमा रोजगारीका लागि विदेश पठाउने कन्सल्टेन्सीका सञ्चालक पक्राउ

0

काठमाडौं, फागुन २१ – रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठगी गर्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन् ।

काठमाडौंको पुतलिसडकमा रहेको क्याची एजुकेसन एण्ड ट्रेनिङ कन्सलटेन्सीका सञ्चालक पुरुषोत्तम खड्कालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । उनले अवैधानिक रुपमा युवालाई रोजगारीका लागि विदेश पठाउने गरेको खुलेको छ ।

खड्काले अजरवैजान, पोल्याण्ड, साउथ अफ्रिका, स्टोनिया, माल्टा लगायतका देशमा पठाइदिने भन्दै ७ देखि १२ लाख रुपैयाँसम्म लिएर अलपत्र पार्ने गरेको महाशाखाले जनाएको छ ।

उनको साथबाट २५ वटा पासपोर्ट, सरकारी कार्यालयहरुको छाप, भिसाको प्रतिलिपिसँगै कार्यालय सञ्चालनका लागि चाहिने ल्यापटप लगायतका सामग्री प्रहरीले बरामद गरेको छ । थप अनुसन्धानका लागि खड्कालाई वैदेशिक रोजगार विभाग पठाइएको छ ।

Share.

Leave A Reply